राजनीतिबाट असन्तुष्ट नेताको जर्मनी प्रस्थान, वडाको जिम्मेवारी कार्यवाहकलाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १२

नेकपा माओवादीबाट निर्वाचित एक वडाध्यक्षले आफूले गरेको कार्यप्रति कहिल्यै जस नपाएको भन्दै राजनीतिबाट सधैँका लागि विदा लिएको घोषणा गरेका छन् । आत्मसन्तुष्टि नपाएको भन्दै जर्मनी प्रस्थान गरेका उनले आफ्नो अनुपस्थितिमा वडाको सेवा प्रवाहमा असर नपर्ने दाबी गर्दै वडाको कार्यवाहक जिम्मेवारी वडा सदस्य ठीले ग्याम्चे लामालाई दिएका छन् ।

गाउँपालिकामा पत्र पठाउँदै जिम्मेवारी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । यद्यपि, वडाध्यक्षको सामाजिक सञ्जाल स्ट्याटसले उनी पुनः फर्किने संकेत गरेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *