|
२०८३ आश्विन ५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले निर्बाध रूपमा आफ्ना धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकहरूलाई निर्देशन दिएका छन् ।
सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक उद्घाटनअघि सम्बोधन गर्दै ओलीले स्वयंसेवकहरूले बैठकमा कुनै किसिमको व्यवधान सिर्जना नगर्न आग्रह गरे ।
‘केन्द्रीय कमिटीका सदस्यहरूलाई विचार व्यक्त गर्न कुनै व्यवधान स्वयंसेवकबाट पुग्नु हुँदैन । स्वयंसेवकहरूले अध्यक्षको निर्देशन पालना गर्नुपर्छ,’ ओलीले भने ।
उनले बैठक देश र पार्टीका कार्यकर्ताले अपेक्षा गरेको महत्वपूर्ण जिम्मेवारीसहित सुरु भएको बताए । कार्यकर्ताको अपेक्षाअनुसार बैठक सफलतापूर्वक सम्पन्न हुने ओलीको भनाइ थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्