×

नेपाललाई एलडीसीको ‘को-अर्डिनेसन ब्युरो’ को जिम्मेवारी

फाल्गुन २४, २०७९

 नेपालले अतिकम विकसित राष्ट्रहरुको ‘को-अर्डिनेसन ब्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको दोहामा मार्च ५ देखि भएको अतिकम् विकसित राष्ट्रहरू (एलडिसिज)को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको हो । एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ ।

उक्त सम्मेलनमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सहभागिता जनाएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।

सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको जानकारी दिए ।

सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्ले सोच्नुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: