|
२०८३ आश्विन ५
काठमाडौं । संयुक्त राष्ट्र संघको ८१औँ महासभाअन्तर्गत असोज ७ गते अमेरिकामा जलवायु कार्य र न्यायोचित रूपान्तरणसम्बन्धी उच्चस्तरीय बैठक हुने भएको छ ।
बैठकमा अमेरिका, चीन, युरोपेली युनियन तथा जी२० राष्ट्रसहित जलवायु परिवर्तनबाट प्रभावित देश, विश्व बैंक, एसियाली विकास बैंक र जलवायु कोषका प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने, विकासोन्मुख देशलाई जलवायु वित्त उपलब्ध गराउने र नवीकरणीय ऊर्जामा लगानी बढाउने विषयमा छलफल हुनेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्