सहिदहरूको बलिदानको कदर गर्न आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १६

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छिन्। सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको योगदान अमर रहेको उल्लेख गरेकी हुन्।

“सहिद दिवसमा सहिदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र सहिदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु”, एक्समा उनले लेखेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *