नाडाको ५०औँ स्वर्ण वर्षमा डिजिटल टिकटमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८औँ नाडा अटो शो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप मा सञ्चालन हुनेछ।

अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र बहुप्रतीक्षित प्रदर्शनी मानिने यस वर्षको नाडा अटो शोको मुख्य प्रायोजकका रूपमा एचपी लुब्रिकेन्ट्स (HP Lubricants) रहेको छ। ५० वर्षको ऐतिहासिक यात्रा पूरा गरेको अवसरमा नाडाले अवलोकनकर्ताका लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट योजना सार्वजनिक गरेको हो।

नाडाका अनुसार Khalti एपमार्फत वा आधिकारिक खल्ती क्यूआर (QR) कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेहरूले साधारण (जनरल) तथा विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन्। यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले आयोजकले समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।

यस वर्षको प्रदर्शनीमा नवीनतम विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बिमा सम्बन्धी सुविधा एउटै स्थानमा अवलोकन गर्न सकिने जनाइएको छ।

नाडाले ५० वर्षको गौरवपूर्ण यात्रालाई उत्सवका रूपमा मनाउँदै अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिसँग साक्षात्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *