×

राष्ट्रपतिद्वारा साउन ३ गते संघीय संसदको अधिवेशन आह्वान

असार ३१, २०७८ | दाक्सु मिडिया

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आज मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: