रक्सी पिएका ट्यांकर चालकको लापरबाही, ई–रिक्साका ९ यात्रु घाइते

DaksuMedia दाक्सु मिडिया
|
साउन २१, २०८३

वीरगञ्ज । पर्साको वीरगञ्जमा मदिरा सेवन गरेर ग्यास ट्यांकर चलाएका चालकले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्।

बिहीबार राति वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा भएको दुर्घटनामा ई–रिक्सामा सवार ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ई–रिक्सालाई पछाडिबाट भारतीय नम्बरको ग्यास ट्यांकरले ठक्कर दिएपछि चालक फरार भएका थिए। घटनापछि प्रहरीले ट्यांकर चालक भारतको मुजफ्फरपुर साहेबगञ्जका ४८ वर्षीय धनेश्वर रायलाई पक्राउ गरेको छ।

स्वास्थ्य परीक्षणका क्रममा चालकले मदिरा सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। घाइते सबैको वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *