काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सम्मान गरेकी छन् ।
महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो ।
अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला ९आईडब्ल्यूओसी० सम्मान प्राप्त गर्न सफल मुस्कान खातुनलाई राष्ट्रपति भण्डारीले बधाई पनि दिएकी छन् । राष्ट्रपति भण्डारीले खातुनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।
एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाउने भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया