|
२०८२ असार १६
काठमाण्डौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।
उनी निकट स्रोतका अनुसार ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’
ती स्रोतले बताए अनुसार, आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी छ ।
पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।
भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्