राजुनाथ पाण्डेलाई महेश बस्नेतको कटाक्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेमाथि कडा टिप्पणी गरेका छन्। उनले अरूलाई दुःख दिँदा कठोर देखिने तर आफ्नै आलोचना हुँदा भावुक बन्ने प्रवृत्ति पाण्डेमा देखिएको आरोप लगाए।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले जनताले व्यक्तिको अभिनय वा भावुकता होइन, काम, क्षमता र नागरिकप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। उनले शासनको वास्तविक परीक्षा जनताको आँसु बगाउने होइन, उनीहरूको पीडा कम गर्ने क्षमताले हुने उल्लेख गरेका छन्।

गोकर्णेश्वरस्थित नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल हटाउने विषयमा सांसद पाण्डे र सैनिक अधिकारीबीच भएको विवाद सार्वजनिक भएपछि बस्नेतको यस्तो प्रतिक्रिया आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *