×

आज पनि बढ्यो सुनको मूल्य

पुस २, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: