बढ्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय २५ रूपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *