काठमाडौँ : मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको छ।
पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छुँदा सोही बेस क्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका-१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको हो।
डडेलधुराको अमरगढी नगरपालिका-२ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका-६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।
घाइतेहरूको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया