चितुवाको छाला नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

देहरादुन : भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न लागिएको चितुवाको छालासहित एक भारतीयलाई त्यहाँको प्रहरीले चम्पावत जिल्लाको देभधुरा फरेस्ट रेन्जबाट पक्राउ गरेको छ । ती व्यक्ति शुक्रबार पक्राउ परेको जनाइएको छ ।

स्थानीय प्रहरी एसएसपी आयुष अग्रवालका अनुसार चितुवाको छाला किन्ने उत्तराखण्ड राज्य बाहिरको रहेको जनाउँदै अनुसन्धानका क्रममा क्रेता नेपालको हुन सक्ने र सो छाला चीन तस्करी गर्न लागिएको हुन सक्ने जनाएका छन् ।

भारतमा सो छाला सहित पक्राउ परेका व्यक्ति ३० वर्षीय आनन्द गिरी भएको बताइएको छ । गिरीले करिब दुई वर्षअघि दुईवटा चितुवा मारेको स्वीकार गरेको भारतीय प्रहरीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *