“दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना व्यक्तिहरु पक्राउ ”
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७८/०८/१४ गते जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगपालिका वडा न ९ एयरपोर्ट नजिक एयरपोर्ट सेकुवा कर्नरबाट अं. २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको प्रतिबन्धित चितुवाको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी मिति २०७७/०८/१५ गते जिल्ला बन कार्यालय काठमाण्डौ पठाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– बिशाल तामाङ
उमेर :– २८ बर्ष
ठेगाना:– जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा न २
हालको ठेगाना:- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३
२) नाम:– विनोद तामाङ
उमेर :– ३२ बर्ष
ठेगाना:– जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा न २
हालको ठेगाना:- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३
३) नाम:– कामी सिंह स्याङतान
उमेर :– ४२ बर्ष
ठेगाना:– जिल्ला चितवन राप्ती न.पा. वडा न १
हाल को ठेगाना :- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३
बरामद सामानहरु:-
१.चितुवाको छाला थान १।-
२.बिभिन्न ब्राण्डका मोवाईल थान ३
मिति २०७८/०८/१५ गते ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्