|
२०८३ आश्विन २
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
सरकारका नियमित कामकारबाहीसँगै पछिल्लो समयका समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुनुका साथै सरकारका दैनिक प्रशासनिक तथा नीतिगत विषयमा निर्णय हुन सक्नेछ। यसअघि मन्त्रिपरिषद्मा विचाराधीन रहेका विषय तथा तत्काल निर्णय आवश्यक पर्ने समसामयिक विषयसमेत बैठकको कार्यसूचीमा पर्न सक्ने जनाइएको छ।
मन्त्रिपरिषद्को बैठकले सरकारको नियमित कार्यसम्पादन, प्रशासनिक निर्णय तथा विभिन्न सार्वजनिक सरोकारका विषयमा आवश्यक निर्णय गर्ने गर्दछ। आजको बैठकमा कुन–कुन विषयमा निर्णय हुन्छ भन्ने विवरण भने बैठकपछि सार्वजनिक गरिनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्