बझाङमा चितुवाको छाला भेटिएपछि पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ५

बझाङ : बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार थलारा गाउँपालिका-८ गन्डाउनीका खगेन्द्र राज जोशी चितुवाको छालासहित पक्राउ परेका हुन्।

जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारमा हिँडिरहेको अवस्थामा शंका लागेर जाँच गर्ने क्रममा जोशीको साथबाट चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिएको टोलीले चितुवाको छाला बरामद गरेको हो।

प्रहरीका अनुसार ८ फिट लम्बाइ भएको चितुवाको छाला, दाँत र पञ्जासहित पक्राउ परेका जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *