
काठमाण्डौँ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति टोखाबाट गरेको थियो ।
पक्राउ परेका विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया