|
२०८१ श्रावण १६
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय युवकको छुरा प्रहार गरी मंगलबार हत्या भएको छ ।
सामान्य विवाद बढ्दै जाँदा उर्लाबारी–४ का ३५ वर्षीय सुवास लामाले सोही वडाका कुशल दाहाललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा बी एन्ड सी हस्पिटल बिर्तामोडमा राति मृत्यु भएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्