साइप्रसमा दुई नेपाली युवकमाथि छुरा प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १३


काठमाण्डौँ । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ ।

उनीहरू आइतबार ९आज० बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।

आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *