छुरा प्रहारबाट एक युवती गम्भीर घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २७

वैशाख २७, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं-१० स्थित साप्रे ढुङ्गा बालुवाखानीमा १:३० बजे १८ वर्षीय युवती माथि छुरा प्रहार भएको छ।

आइ.एम.ई र किराना पसल रहेको पसलमा अन्दाजी ३०/३५ वर्षीय अपरिचित पुरुषले संचालिका माथी छुरा प्रहार गरेका हुन्।

आफन्त र स्थानीय बासिन्दाले जनाए अनुसार उक्त ब्यक्ति लुटपाट गर्ने मनसायले आएका थिए।

छुरा प्रहार भएकी युवतीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको बताइएको छ।

घटनाका अभियुक्तलाई प्रहरीले हिरासतमा लिई थप अनुसन्धान गर्ने क्रम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *