त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले त्रिशुली नदीमा यात्रुबाहक बस खसेको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीव्र गतिमा खोजी कार्य बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आज बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परी दुईवटा यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा करीब ६ दर्जनभन्दा बढी यात्रुहरू बेपत्ता भएका छन्।

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह समेत गरेका छन्।

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि कांग्रेसले निर्देशन दिइसकेको छ।

अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति सभापति देउवाले दुःख व्यक्त गरेका हुन्। बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *