अझै भेटिएनन् बेपत्ता टीकाराम टमाटा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ४

बैतडी – महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् ।  आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर नदीमा खसेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ ।

 बेपत्ता भएका टमाटाको खोजी कार्य जारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासि लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *