टिकटक बनाउन कर्णालीमा हाम फालेका तीन युवकमध्ये एकजना बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २९

काठमाडौं – कैलालीको चिसापानीस्थित पुलबाट कर्णाली नदीमा हाम फालेका एक युवक वेपत्ता भएका छन्। टिकटक बनाउन नदीमा हाम्फालेका तीन युवकमध्ये एकजना बेपत्ता भएका हुन्।

नदीमा हाम फालेकामध्ये कैलालीको लम्किचुहा नगरपालिका– २ का १८ वर्षीय सञ्जय खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका अनुसार उनी शनिबार दिउँसो पुलबाट नदीमा हाम फालेका थिए।

बेपत्ता खड्काको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

कर्णाली नदीमा हाम फालेका तीन जनामध्ये एकजना घाइते भएका छन् भने अर्का एक जनाको अवस्था सामान्य छ। कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएको जानकारी दिए।

सँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंह भने सकुशल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *