
काठमाण्डौँ । सांसदहरूले काठमाण्डौमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएको भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताएका हुन् । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर शिक्षकहरू घाइते भएको घटनाप्रति भर्त्सना गर्दै ऐन बनाएर उनीहरूको जायज माग पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित भइरहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया