महाकालीमा बेपत्ता धामीकाे न्यायका लागि नौ हजार ५ सय हस्ताक्षर सङ्कलन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

कञ्चनपुर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार ५ सय हस्ताक्षर सङ्कलन गरिएको छ ।

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको अभियानकर्मी खिमानन्द जोशीले बताउनुभयो ।

’बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरि जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ” उहाँले भन्नुभयो, ’सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।’

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि अझै फेला पार्न सकिएको छैन । तुइनबाट महाकाली तर्ने क्रममा धामी नदीमा बेपत्ता भएका घटनाको छानबिनका लागि दार्चुला पुगेको टोलीले उहाँको शव ड्रोन क्यामरामार्फत खोजेको हो । धामी गएको साउन १५ गते तुइनबाट महाकाली नदीमा खसेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *