×

लक्ष्मी पुजाको दिन बढ्यो सुनको मूल्य

कार्तिक १५, २०८१ | दाक्सु मिडिया

काठमाडौं : विहिबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय २० रुपैयाँ कायम भएकोमा आज प्रतितोला ३० रुपैयाँले घटेर २ हजार ९० रूपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: