उपराष्ट्रपति बनेपछि रामसहायप्रसादले दिए सांसद र जसपाबाट राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ६

उपराष्ट्रपति निर्वाचित भएका रामसहायप्रसाद यादव जनता समाजवादी पार्टीबाट अलग भएका छन्।

उनले पार्टी साधारण सदस्य तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गर्दै राजीनामा दिएका छन्।

उनी जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य, संसदीय दल नेतासमेत थिए।

साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन्। संघीय संसद सचिवालयलाई उनले आइतबार नै राजीनामा पत्र पठाइसकेका छन्।

गत मंसिर ४ मा भएको चुनावमा उनी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *