×

राजेन्द्र महतोले बारा–२ बाट चुनाव लड्ने

चैत्र १६, २०७९ | दाक्सु मिडिया

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो बारा–२ बाट उम्मेदवार बन्ने भएका छन् ।

लोसपाले महतोलाई बारा–२ मा उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । गत मंसिर ४ को आम निर्वाचनमा उनी सर्लाही–२ बाट महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचन लड्ने तयारी गरेको महतोले जिल्लाका नेताहरुबाट माग आएकाले उम्मेदवार बन्न लागेको प्रतिक्रिया दिएका छन् ।

२०७४ सालमा धनुषाबाट चुनाव लडेका उनी २०७९ को चुनावमा गृह जिल्ला सर्लाही फर्किएका थिए । तर मंसिर ४ गतेको निर्वाचनमा उनी महिन्द्र यादवसँग पराजित भए ।

बारा – २ मा जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई चुनावी प्रतिस्पर्धामा उठाउने भएको छ । यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने भएको छ ।

मंसिर ४ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका कुशवाह चैत १५ गते जनमत पार्टीमा प्रवेश गरेका हुन् । कुशवाह गत निर्वाचनमा रामसहायप्रसाद यादवसँग पराजित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: