स्ववियु चुनावमा यसरी भइरहेको छ मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव भएको छ।

बिहान ८ अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्ने समय दिइएको छ। अहिले मतदान जारी छ।

२ आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएका थिए।

काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्।

उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।

केही क्याम्पसमा विवाद भएर स्ववियु चुनाव हुन सकेको छैन।

काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच क्याम्पसहरूमा स्ववियु चुनाव रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *