गुलशन झा र आरिफ शेखलाई मधेश प्रदेशले दुई/दुई लाख रूपैयाँ दिने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ३

आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाइ दिएका छन्।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाइ दिएका हुन्।

‘खेलाडी राष्ट्रका गहना हुन्,’ उनले भने। 

मधेश प्रदेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको प्रशंसा पनि उनले गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *