|
२०८३ आश्विन १
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। साथै, भारतीय उद्योग परिसंघको कार्यक्रममा सहभागी हुँदै लगानी तथा आर्थिक सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ।
वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिसम्बन्धी छलफलमा समेत सहभागिता जनाउनेछन्। विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यलाई भ्रमणको प्रमुख उद्देश्य बताइएको छ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्किने कार्यक्रम छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्