|
२०८३ आश्विन १
सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिकाले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विपत्तिबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा बेपत्ताको सकुशलताको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्