मधेश सरकारबाट माधव नेपालको नेकपा एसलाई हटाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २२

जनकपुरधाम : विश्वासको मत लिन लागेका मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेकपा एकिकृत समाजवादी (नेकपा एस)लाई सरकारबाट हटाउने तयारी गरेको छ ।

मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा विश्वासको मत लिने प्रदेशसभा सचिवालयको कार्यसूची छ । त्यसअघि नै अहिले मधेश भवनमा मुख्यमन्त्री सिंह आकस्मिक पत्रकार सम्मेलन राखेका हुन् ।

केन्द्रमा सत्ता उलटफेर भएर नेकपा एमाले–नेपाली काँग्रेसको गठबन्धन बनेको छ । जनमत पार्टीका सिंहलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन एमाले र काँग्रेसले उनलाई विश्वासको मत दिने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *