महँगो इन्धनविरुद्ध विश्वका विभिन्न देशमा प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौं । अमेरिका–इरानबीचको लामो समयदेखिको युद्धका कारण विश्व बजारमा इन्धन आपूर्ति प्रभावित भएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

इन्धनको मूल्यवृद्धि र बढ्दो जीवनयापन खर्चको विरोधमा सिरिया, ग्वाटेमाला, पोर्चुगल, फ्रान्स र फिलिपिन्सलगायत देशमा प्रदर्शन तथा हडताल भएका छन् ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेपछि त्यसको असर उपभोक्तासम्म परेको हो । इन्धन महँगिँदा यातायात, कृषि, उद्योग तथा दैनिक उपभोग्य वस्तुको लागतसमेत बढेको छ ।

सिरियामा सडक अवरुद्ध गरी प्रदर्शन गरिएको छ भने ग्वाटेमालामा ट्रक चालक र अन्य समूहले राजमार्ग बन्द गरेका छन् । पोर्चुगलमा व्यवसायी तथा श्रमिक, फ्रान्समा माछा व्यवसायी र फिलिपिन्समा यातायात मजदुरले इन्धन मूल्यवृद्धिको विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *