‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ पाएकोमा प्रधानमन्त्रीले दिए नेपालीलाई बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ३

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ पाएकोमा प्रधानमन्त्रीले दिए सबै नेपालीलाई बधाई

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । ‘यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्,’ प्रधानमन्त्री ओलीको फेसबुक पेजमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *