मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच घर तथा अपार्टमेन्ट खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने समझदारी भएको छ।

सम्झौताअनुसार महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय युनिट खरिद गर्ने योग्य ग्राहकले बैंकको मापदण्ड पूरा गरेपछि बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा लिन सक्नेछन्। कर्जाको अवधि अधिकतम ३० वर्षसम्म रहनेछ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

कर्जा सुविधा ग्राहकको आम्दानी, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणका आधारमा बैंकको नीतिअनुसार उपलब्ध हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *