|
२०८३ आश्विन १
काठमाडौं । एसियन गेम्सअन्तर्गत बुधबार भएको महिला भलिबलमा नेपाल आयोजक जापानसँग सोझो सेटमा पराजित भएको छ।
विश्व वरीयतामा छैटौँ स्थानमा रहेको जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले हरायो। तीन सेटमा नेपालले ३१ अंक मात्र जोड्दा २२ अंक जापानकै गल्तीबाट पाएको थियो।
नेपालका लागि कप्तान निरूता ठगुन्नाले ४, सुमित्रा रेग्मीले ३ र मीना सुनारले २ अंक जोडिन्।
यो हारसँगै समूह ‘ए’ बाट सुपर एटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ। नेपालले अब बलियो प्रतिद्वन्द्वी इन्डोनेसियासँग खेल्नेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्