×

परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

फाल्गुन १४, २०७९

परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा जाने भएकी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । उक्त अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा. पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने जनाइन् ।

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । उक्त अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आईएलओका महानिर्देशकलगायतसँगसमेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

मन्त्री डा. पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडीसी)को पाँचौँ सम्मेलनमा सहभागी हुनेछिन् । उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । त्यसका लागि प्रधानमन्त्री दाहाल आगामी शुक्रबार कतार प्रस्थान गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: