×

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार जाने भएका छन्।

फाल्गुन १४, २०७९ | दाक्सु मिडिया सम्वाददाता

अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्मेलनका क्रममा संयुक्त राष्ट्र सङ्घका केही कार्यक्रम र साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने पनि तयारी छ।

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी छ।

सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६ औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: