माप्यदुधकोशी अध्यक्ष राईद्वारा शिव मन्दिर शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले वडा नं-३ बासामा निर्माण हुने शिव मन्दिरको शिलान्यास गर्नुभएको छ ।

पर्यटन प्रबर्द्धनको उद्देश्यसहित माप्यदुधकोशी गाउँपालिकाले निर्माण गर्ने सांस्कृतिक महादेव पार्क परिसरमा निर्माण गर्न लागिएको सो मन्दिरको अध्यक्ष राईले शनिबार शिलान्यास गर्नुभएको हो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले विभिन्न जातजातिहरुको बसोबास रहेको माप्यदुधकोशी बिबिध धर्म संस्कृतिको पनि अनुपम संगम रहेको बताउंदै यसैको संरक्षण र बिकास गरेर पर्यटन प्रबर्द्धन गर्न गाउँपालिका लागि परेको बताउनुभयो।

वहाँले धर्म संस्कृतिको संरक्षणमार्फत पर्यटन क्षेत्रको बिस्तार गर्ने उद्देश्यले बुद्दपार्क र सांस्कृतिक महादेव पार्क निर्माणको योजना अगाडी सारिएको बताउंदै वहाँले दुबै पार्कको निर्माण कार्य यथाशीघ्र सुरु हुने जानकारी दिनुभयो ।

शिलान्यास गरिएको शिव मन्दिर सांस्कृतिक महादेव पार्कको एउटा अंग भएको वहाँको भनाई थियो । यसको निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी पनि वहाँले दिनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *