महाकुलुङको फुलवात्ती खोलामा मोटरेबल पुल बन्दै,अध्यक्ष कुलुङले गरे शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र ७

सोलुखुम्बु।महाकुलुङ गाउँपालिकाको वडा नं २ फुलवात्ती खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ।कोशी प्रदेश सरकार र महाकुलुङ गाउँपालिकाको सहलगानीमा निर्माण हुन लागेको सो पुलको बुधबार शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले एक कार्यक्रमकाबीच सो पुलको शिलान्यास गरेको गाउँपालिका वडा नं २ का अध्यक्ष प्रदीप कुलुङले जानकारी दिए।

सो मोटरेबल पुल निर्माणका लागि पूर्बमन्त्री बुद्धिकुमार राजभण्डारीको बिशेष पहलमा कोशी प्रदेश सरकारबाट १ करोड र गाउँपालिकाले ३५ लाख बजेट बिनियोजन गरेको राईले बताए।

कुल लागत २ करोड ५४ लाख रहेको सो पुल निर्माणको जिम्मेवारी आरके यति जेभीले लिएको बताईएको छ।निर्माण कम्पनीले समयमै पुल निर्माण सम्पन्न गर्ने अपेक्षा स्थानीयको रहेको वडाध्यक्ष राईले बताए।त्यसका लागि हरतरहको सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *