×

सोलुखुम्बुको रात्नागी सामुदायिक वनमा भिषण डढेलो

माघ ८, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बुको रात्नागी सामुदायिक वनमा भिषण डढेलो लागेको छ । आज दिउँसो करिब १ बजेबाट सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रमा भिषण डढेलो लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो । 

 डढेलो अहिले माप्यदुधकोशी ५ को खाम्दिङ मुलाबारी सामुदायिक वन क्षेत्रमा प्रवेश  गरेको छ  । डढेलो नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक इन्सपेक्टरको कमान्डरमा १५जना, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । सामुदायिक वनमा तिब्र रुपमा फैलिएको आगोले त्यहा रहेका हजारौँ वोट विरुवा जलेर नष्ट भएको प्रहरलिे जनाएको छ ।  रात्नागीमा रहेको भ्युटावरमा क्षति पुगेको नपुगेको बारेमा अन्यौल रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: