ललितपुरको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

काठमाडौँ – ललितपुरको खुमलटारस्थित एक गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ ।

महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा युवीमाथि २ जनाले सामूहिक करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले करणीको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरेको छ।

घटनामा संलग्न त्यही गेष्ट हाउसका कामदार रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *