सोलुखुम्बुबाट काठमाण्डौँका लागी  छुटेको जिप मुलकोटमा दुर्घटनामा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार २१

सोलुखुम्बुबाट काठमाण्डौँका लागी  छुटेको जिप मुलकोटमा दुर्घटनामा परेको छ । आज बिहान करीब ५ बजे सल्लेरीबाट काठमाण्डौँका लागी छुटेको जिप दिउँसो १२ः ५५ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुलकोटमा दुर्घटनामा परेको हो । 

सोलुखुम्बु बाट काठमाण्डौँका लागी छुटेको ना १ ज ६१७७ नम्बरको सुमो तथा विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ६७१ नम्बरको कार एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुरर्घटनामा कसैलाई पनि गम्भिर चोट नलागेको बताईएको छ । यधपि दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेहको छ । जिपको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने  प्रारम्भिक अनुमान गरीएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *