
सोलुखुम्बुबाट काठमाण्डौका लागि हिडेका दुई सय यात्रु विपि राजमार्ग अन्तरगत खुकोर्ट सडकखण्डमा अलपत्र बनेका छन् ।
गोल्टार सडकमा ५ वटा बस र १ वटा जिप र यात्रुहरु पहिरोमा फसेको एक यात्रुले बताएका छन् । सडकको अघि पछि दुवै तिर पहिरो गएको हुनाले सवारी आवतजावतमा समस्या हुँदा मंगलबार दिउँसो दुई बजे देखि गाडिमै रात विताएको यात्रुको भनाई छ ।
स्थानिय सरकार र प्रहरीलाई जानकारी गराएको भएपनि अहिले सम्म उद्धारको पहल नभएको सोलुखुम्बुबाट काठमाण्डौ हिडेका यात्रु पेम्बा छिरी शेर्पाले जानकारी दिए । नजिकमा गाउँ नभएको कारण भोकभोकै बस्नु परेको उनले बताएका छन् ।
लगातार परेको पानीको कारण खसेको पहिरोले खुर्कोट क्षेत्रको सडकमा ठाउँठाउँमा पहिरो खस्दा दशैँ मनाएर काठमाण्डौँ फर्केका सोलुखुम्बु सहित ओखलढुंगा, खोटाङ, सिन्धुलीका सयौँ यात्रु अलपत्र बनेका छन् ।
स्थानीय प्रशासनले डोजरको सहायताले एकतर्फी सडक खुलाउने प्रयास गरिरहेको जवाफ दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया