|
२०७८ चैत्र १५
सोलुखुम्बुमा मतदाताको संख्या ८० हजार बढि पुगेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको तथ्यांक अनुसार सोलुखुम्बुको मतदाता संख्या ८० हजार १९ रहेको छ । २०७४ सालको निर्वाचनको भन्दा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १८ हजार १ सय ७४ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
जिल्लामा महिला मतदाता ३८ हजार ७ सय ५९ रहेको छ भने जिल्लामा पुरुष मतदाता ४१ हजार २६० जना रहेका छन् ।
महिला मतदाता भन्दा पुरुष मतदाता दुई हजार ५ सय १ जनाले बढि रहेका छन् । २०६४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेका थिए । सोलुखुम्बुमा १२२ मतदान स्थल तोकिएको छ भने १३४ मतदान केन्द्र निर्धारण गरिएको छ । माप्यदुधकोशी गाउँपालिकामा १० हजार ४ सय ६२, मतदाता पुगेको आयोगले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्