|
२०७९ बैशाख १५
सोलुखुम्बु । आसन्न स्थानीय चुनावमा प्रदेश एक बाट तेत्तीस लाख सर्चालिस हजार तीन सय चौरासी १८ वर्ष पुरा भएका मतदाताले मतदान गर्दै छन ।
वैशाख ३० गते हुन गइरहेको चुनाव नजिकिदै गर्दा विभिन्न दल पाटीले मनोनयन दर्ता पछि जनताको घर दैलोमा उमेरद्वार आफ्नो घोषणा पत्र प्रतिबद्धता सहित भोट माग्दै पुगेका छन ।
७४ सालको स्थानीय चुनाव भन्दा आसन्न चुनावमा मतदाता मतदान केन्द्र थपिएको देखिन्छ । प्रदेश एक मा पुरुष सत्र लाख चौरासी हजार अन्ठानब्बे र सत्र लाख उनासी हजार ब्यालिस महिला अन्यमा उन्तीस गरी तेत्तीस लाख सर्चालिस हजार तीन सय चौरासीले भाग लिदै छन ।
मतदाता बढे संगै मतदान स्थल अठार सय सतहत्तर मतदान केन्द्र चार हजार केन्द्र थप गरि तयार पारिएको निर्वाचन आयोगले जानकारी दिए ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्