×

सोलुखुम्बुमा चुनावको चटारो

चैत्र ५, २०७८ | दाक्सु मिडिया

स्थानिय निकायको चुनाव नजिकिदै गर्दा देशभरी नै चुनावी माहोल छाउन थालेको छ । यसैबिच सोलुखुम्बुमा पनि सबै पालिकामा चुनावको रौनक सुरु भएको छ ।

सोलुखुम्बुमा एक नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । सबै पालिकामा पार्टीका कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोकेको छ । आयोगको शुक्रबार बसेको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।
उमेद्धारी दर्ताको दिन तोकिसक्दा समेत दलहरुमा आगामी चुनावको लागी कसलाई टिकट दिने भन्ने दोधार रहेको एक नेताले बताउनुभयो । जिल्लाका सात गाउँपालिका र एक नगरपालिका मध्य माप्य दुधकोशि गाउँपालिकामा चुनाव केन्द्रित सामाग्रीहरु को प्रचार प्रसारका लागी अहिले सबै पार्टीको प्रतिस्पर्धा नै चलेको छ । माप्य दुधकोशी गाउँपालिकामा तिन हजार एक सय ४२ परिवार संख्या रहेको छ । गत चुनावमा यस पालिकामा नेकपा एमालेले जित हात पारेको थियो ।

जिल्लामा सबैभन्दा धेरै मतदाता संख्या सोलु दुधकुण्ड नगरपालिकामा ६ हजार ८ सय ३० परिवार संख्या रहेको छ भने सबैभन्दा कम मतदाता लिखुपिके गाउँपालिकामा एक हजार दुई सय पचपन्न परिवार संख्या रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: